अब खाद्यान्न पसल तथा डिपार्टमेन्टल स्टोर बिहानमात्रै खोल्न दिइने
काठमाडौं । काठमाडौं उपत्यकामा खाद्यान्न पसलका साथै डिपार्टमेन्टल स्टोरहरू बिहानको समयमा मात्रै खोल्न दिनेबारे छलफल भएको छ । आइतबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा बिहान र बेलुका दुबै समय खाद्यान्न र डिपार्टमेन्ट स्टोरहरु खोल्न दिँदा बढी भिडभाड भएको र कोरोना संक्रमण थप फैलनसक्ने विश्लेषणका साथ एक समय मात्रै खोल्न दिनेबारे छलफल भएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आजको बैठकमा यसबारे छलफल भएको र तीनै जिल्लाका सीडीओ एक समय मात्रै खोल्न दिनुपर्ने निष्कर्षमा पुगेको भन्दै यसबारे भोलि पुनः बैठक बसेर निर्णय लिइने रातोपाटीलाई बताए ।
हाल बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म त्यस्ता पसल खोल्न दिइँदै आएको छ । पछिल्लो समय उपत्यकामा संक्रमणको फैलावट तीव्र बन्दै जाँदा मोबिलिटी कम गर्न प्रशासनले निषेधाज्ञा थप कडाइ गर्ने बारे समेत छलफल भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै