शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कप्तान फेरे पनि फेरिएन हैदरावादको किस्मत, राजस्थानसँग पराजित

आइतबार, १९ वैशाख २०७८, १९ : ४३
आइतबार, १९ वैशाख २०७८

दिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदरावादको खराब प्रदर्शनले निरन्तरता पाइरहेको छ । टीमको खराब फर्मकै कारण कप्तान परिवर्तन गरेको हैदरावादले त्यसका बाबजुद आइतबार राजस्थान रोयल्ससँग पराजय झेलेको हो ।

हालसम्म ७ वटा खेल खेलिसकेको हैदरावादले एउटा मात्र जित हासिल गरेको छ । उक्त टीम अंक तालिकाको पुछारमा छ । डेविड वार्नरको कप्तानीमा निराशाजनक प्रदर्शन गरेको हैदरावाद आइतबार केन विलियम्सनको कप्तानीमा मैदानमा उत्रिएको थियो । टस जितेका विलियम्सनले पहिला फिल्डिङ रोजे ।

तर टस हारेर ब्याटिङमा उत्रिएको राजस्थानले उत्कृष्ट ब्याटिङ गर्दै निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २२० रनको विशाल योगफल बनायो । हैदरावाद भने ८ विकेट गुमाएर १६५ रनमै सीमित रहँदै ५५ रनले पराजित भयो ।

राजस्थानका लागि जोस बटलरले १२४ रनको शतकीय पारी खेले । यस्तै, कप्तान सन्जु सामसनले ४८ र रियान परागले १५ रन बनाए । २२१ रनको विशाल लक्ष्य पछ्याएको हैदरावादका लागि मनिष पाण्डेले सर्वाधिक ३१ रन बनाए भने जोनी बेरिस्टोले ३०, केन विलियम्सनले २०, केदार जादवले १९, मोहम्मद नावीले १७ रन बनाए । राजस्थानका लागि मुस्तफिजुर रहमान र क्रिस मोरिसले ३÷३ विकेट हात पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप