शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

युभेन्टसको अधिपत्य अन्त्य गर्दै इन्टरलाई ११ वर्षपछि सिरिए एको उपाधि

आइतबार, १९ वैशाख २०७८, २२ : २७
आइतबार, १९ वैशाख २०७८

दोस्रो स्थानमा रहेको एटलान्टा सासुलोसँग बराबरीमा रोकिएपछि इन्टर मिलानले ११ वर्षपछि इटालियन सिरिए एको उपाधि जितेको छ । शनिबार क्रोटोनेलाई हराएको इन्टरले ४ खेल बाँकी छँदा १३ अंकको अग्रता बनाएको छ । गत सिजन इन्टर युभेन्टसभन्दा मात्र एक अंकले पछि दोस्रो स्थानमा सिमित बन्न पुगेको थियो । तर, यो वर्ष एन्टोनियो कोन्टेको टोलीले युभेन्टसको लगातार ९ सिजनको उपाधि यात्रामा पूर्णविराम लगाउन सफल भएको हो ।

सन् २०१० मा जोसे मोरिन्होको नेतृत्वमा सिरिए ए र च्याम्पियन्स लिग जितेपछि इन्टरको पहिलो लिग उपाधि हो । कोन्टोको भने यो चौथो इटालियन सिरिए ए को उपाधि हो । यसअघि सन् २०११ देखि २०१४ सम्म युभेन्टसको नेतृत्व सम्हाल्दा उनले लगातार तीनवटा उपाधि जितेका थिए । सन् २०१७ मा कोन्टेले चेल्सीलाई लिग उपाधि पनि दिलाएका थिए ।

गन जनवरीमा उडिनेजेसँग गोलरहित बराबरीमा रोकिँदा इन्टर चिरप्रतिद्वन्द्वी एसी मिलानभन्दा २ अंकले पछि रहेको थियो । त्यसयता इन्टरले लगातार ११ खेलमा जीत हासिल गर्दै लिग उपाधि जित्न सफल भएको हो ।

इन्टरको सफलतामा यो सिजन उसको सफल रक्षापंक्तिले ठूलो भूमिका खेलेको छ । ३–५–२ को फर्मेसनमा यो सिजन टोलीले ३४ खेलमा मात्र २९ गोल खाएको छ । त्यस्तै, अग्रपंक्तिमा रोमेलु लुकाकु र लाउटारो मार्टिजेनको जोडीले लिगमा ३६ गोल गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप