समर्थकहरु स्टेडियमा छिरेर प्रदर्शन गरेपछि युनाइटेड र लिभरपुलबीचको खेल स्थगित
आइतबार, १९ वैशाख २०७८, २२ : ३८
आइतबार हुने भनिएको म्यानचेस्टर युनाइटेड र लिभरपुलबीचको खेल स्थगित गरिएको छ । युनाइटेडका करिब २०० समर्थक ओल्ड ट्राफोड मैदानमा प्रवेश गरेर क्लबका मालिक ग्लेजर परिवारविरुद्ध प्रदर्शनमा उत्रिएपछि आजको खेल स्थगित गरिएको हो ।
नेपाली समयअनुसार खेल ९ बजेर १५ मिनेटमा शुरु हुनुपर्ने थियो । म्यानचेस्टर युनाइटेडले वक्तव्य जारी गर्दै सुरक्षाका कारण आजको खेल स्थगित गर्नुपरेको जनाएको छ । प्रिमियर लिगसँग छलफल गरेर खेलको नयाँ मिति तय गरिने क्लबले जनाएको छ ।