शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने सरकारको निर्णय

आइतबार, १९ वैशाख २०७८, २३ : २९
आइतबार, १९ वैशाख २०७८

काठमाडौं । सरकारले आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख २० गते राती १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले भारतबाट हुने सबै उडान स्थगित गर्ने निर्णय गरेको छ ।

अन्तर्राष्ट्रिय उडान भने वैशाख २२ गते रातीबाट स्थगित गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले केही दिनअघि उडान बन्द गर्न मन्त्रिपरिषद समक्ष सिफारिस गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप