पञ्जावविरुद्ध दिल्ली सात विकेटले विजयी, शीर्ष स्थान कब्जा
आइतबार, १९ वैशाख २०७८, २३ : ३२
अहमदावाद । इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले जितको लयलाई कायमै राख्दै अंक तालिकाको शीर्ष स्थान कब्जा गरेको छ । आइतबार अहमदावादमा टस जितेर पहिला फिल्डिङ रोजेको दिल्लीले पञ्जाव क्यापिटल्सलाई १६६ रनमा रोकेको थियो ।
१६७ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १४ बल अगावै सात विकेटको फराकिलो जित हासिल गरेको हो । दिल्लीका लागि शिखर धवनले ६९ रन बनाए भने पृथ्वी शाले ३९, स्टिभन स्मिथले २४, ऋषभ पन्तले १४ र सिमरन हेटमायरले १६ रन बनाए ।
पञ्जावका लागि मयंक अग्रवालले ९९ रन बनाएका थिए । तर अन्य ब्याट्सम्यानले गतिलो योगदान गर्न सकेनन् । दिल्लीले ८ खेलबाट १२ अंक हासिल गर्दै अंक तालिकाको शीर्ष स्थान कब्जा गर्दा पञ्जाव भने ८ खेलबाट ६ अंक हासिल गर्दै छैटौं स्थानमा सीमित रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिलिपिन्समा चरम गर्मीका कारण ६ जनाको मृत्यु
-
ललितपुर महानगरद्वारा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण सुरु
-
बागमतीमा वैशाख २४ गते सार्वजनिक बिदा
-
केपी ओलीले कार्यकर्तालाई भने, ‘जातका कुरा मनमा नराख्नुहोस्’
-
महोत्तरीको मटिहानीमा आगलागी, ७० घरमा क्षति
-
पानी माग्दै मन्त्रालयमा किसानको धर्ना, ७ दिनको अल्टिमेटम