शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेलको ह्याटिकमा टोट्नेनह्याम विजयी

सोमबार, २० वैशाख २०७८, ०७ : ५९
सोमबार, २० वैशाख २०७८

ग्यारेथ बेलले तीन गोल गरेको खेलमा टोट्ेनह्याम हट्स्परले सेफिल्ड युनाइटेडलाई ४–० ले हराएको छ । बेलले ३६, ६१ र ६९ मिनेटमा गोल गरे । त्यस्तै, सन हंग मिंगले ७७ मिनेटमा अर्को गोल थपे ।

जितसँगै ३४ खेलबाट ५६ अंक बटुल्दै टोटेनह्याम लिगको पाँचौ स्थानमा उक्लिएको छ । तेस्रो स्थानको लेस्टरले समान खेलबाट ६३ र चौथो स्थानको चेल्सीले ६१ अंक बटुलेका छन् । त्यस्तै, ३३ खेलबाट  ५५ अंक बटुलेको वेस्टह्याम छैटौं र ५४ अंक बटुलेको लिभरपुल सातौं स्थानमा छन् । 

प्रिमियर लिगको शीर्ष शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी ,दोस्रो स्थानको म्यानचेस्टर युनाइटेभन्दा १३ अंकले अघि छ । सिटीले ३४ खेलबाट ८० र युनाइटेडले ३३ खेलबाट ६७ अंक बटुलेका छन् । 
सिटी उपाधिबाट एक खेलले मात्रै टाढा रहेको अवस्थामा शीर्ष चारको प्रतिस्पर्धा भने पेचिलो बनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप