शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आइपिएल : कोलकाता र बेंग्लोरबीच आज हुने भनिएको म्याच रद्द, कोलकाताका दुई खेलाडीमा कोरोना संक्रमण

सोमबार, २० वैशाख २०७८, १३ : २७
सोमबार, २० वैशाख २०७८

नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज हुने भनिएको म्याच रद्द गरिएको छ । कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच हुने भनिएको म्याच कोलकाताका दुई खेलाडीमा कोरोना संक्रमण पाइएपछि रद्द गरिएको हो ।

कोलकाताका दुई खेलाडी वरुण चक्रवर्ती र सन्दीप वारियर्स संक्रमित भएका हुन् । कोलकाताका दुई खेलाडी संक्रमित भएसँगै बेंग्लोरले म्याच खेल्न नचाहेपछि सोमबारको म्याच रद्द गरिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्डले जनाएको छ ।

स्थगित गरिएको म्याचलाई पछि खेलाइने आयोजकको भनाइ छ । आइपिएल सुरु हुनुअघि पनि केही खेलाडी संक्रमित भएका थिए । कोलकाताका नीतीश राणा, बेंग्लोरका देवत्त पाडिक्कल, दिल्ली क्यापिटल्सका अक्षर पटेल, एनरिच नोर्खिया लगायतका खेलाडी संक्रमित भएका थिए ।

कोरोना संक्रमण बढेको अवस्था केही खेलाडीहरु आइपिएलबाट हटिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप