शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोका—कोलाको ‘स्टप द स्प्रेड’, कोभिड—१९सँग सामना गर्न २.४ करोडको प्रारम्भिक योगदान

सोमबार, २० वैशाख २०७८, १९ : १९
सोमबार, २० वैशाख २०७८

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै संकटको सामना कोका–कोलाले २.४ करोड दिने प्रतिबद्धता व्यक्त गरेको छ । महामारीको रोकथामका लागि कोका–कोला कम्पनीले विश्वव्यापी रुपमा एक विशेष ‘स्टप द स्प्रेड’ कोष खडा गरेको हो । 

नेपालमा कोका–कोलाले खोप अभियानहरूमा समुदायलाई सहयोग गरी सुरक्षा सामग्रीहरु (पीपीई, मास्क, ग्लोभ, सेनिटाइजर आदि) प्रदान गर्ने जनाएको छ । खोप तथा स्वच्छता अभ्यासलाई प्रवर्धन गर्न देशभरि जागरुकता फैलाउने जनाएको छ ।

कोभिड १९ को महामारीको रोकथामको समर्थनमा कोका–कोला कम्पनीले विश्वव्यापी रुपमा एक विशेष ‘स्टप द स्प्रेड’ कोष खडा गरेको छ । यो कोषले खोप वितरण गर्न, कोभिड सुरक्षा किट (पीपीई, मास्क, ग्लोभ, सेनिटाइजर) प्रदान गर्न, खोप र स्यानिटरी प्राक्टिसेजको जागरुकता सिर्जना गरी महामारीको प्रयासलाई नियन्त्रण गर्न सहजीकरण गर्ने कम्पनीको विश्वास छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप