शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

झापामा एक पत्रकार सहित १४९ जनामा संक्रमण पुष्टि

सोमबार, २० वैशाख २०७८, २० : ३३
सोमबार, २० वैशाख २०७८

झापा । झापामा एकै दिन १४९ कोरोना संक्रमित थपिएका छन् । सोमबार ५९ जना महिला र ९९ जना पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा एकजना महिला पत्रकार समेत रहेकी छन् । नेपाल पत्रकार महासंघ झापाकी निवर्तमान महिला उपाध्यक्ष भीमा शिवाकोटीलाई संक्रमण पुष्टि भएको हो । स्वास्थ्यमा खासै समस्या नरहेकाले होम आइसोलेसनमा रहेको उनले बताइन । शिवाकोटीसँगै कोरोनाको दोश्रो लहर शुरु भए यता झापाका ६ जना पत्रकार सहित ५८० जना संक्रमित भैसकेका छन ।

आजै कोरोनाका कारण दमक नगरपालिका ५ कि ६५ वर्षीया महिलाको धरानको बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । योसँगै कोरोनाको कारण झापामा मृत्यु हुनेको संख्या १३५ पुगेको जनस्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन जीवन चौलागाइले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप