शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

होम डेलिभरी सहज बनाइदिन ई–कमर्श कम्पनीका प्रतिनिधिहरुको आग्रह

सोमबार, २० वैशाख २०७८, २३ : १४
सोमबार, २० वैशाख २०७८

काठमाडौं । ई–कमर्श कम्पनीहरुको साझा संस्था  ई–कमर्श संघ नेपालले होम डेलिभरी सेवालाई सहज बनाइदिन सरकारसँग माग गरेको छ । महामारीको समयमा भौतिक दुरी कायम गरी डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्दै गरिने सुरक्षित होम डेलिभरी गर्न प्रशासनमार्फत आवश्यक समन्वय हुनुपर्ने संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गत वर्षको विषम परिस्थितिमा पनि ई–कमर्स कम्पनीहरुले आम उपभोक्तालाई सुरक्षीत ढंगले सुविधा पुर्याउँदा पुर्याउँदै प्रशासनबाट अवरोध र धरपकडको सामना गर्नुपरेको समेत विज्ञप्तिमा भनिएको छ । हाल स्कुलदेखि विश्वविद्यालय बन्द भइ विद्यार्थीहरु घरमै स्वअध्ययन गर्न बाध्य हुनुपरेको समयमा किताब एवम् स्टेशनरी सामानलाई पनि अत्यावश्यक वस्तुमा सूचीकरण गरी निर्वाध डेलिभरीको वातावरण बनाउनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

कन्ट्याक्ट ट्रेसिङ गर्न सजिलो हुने, स्पष्ट मूल्य हुँदा कालोबजारी नहुने, ५ मिनेटभन्दा कम समयमा भौतिक दुरी कायम गरी डेलिभरी गरिने कारण ई कमर्स सुरक्षित छ भन्ने कुरा बुझ्नु आवश्यक रहेको संघका अध्यक्ष सागर देव भट्टले बताए ।

ई–व्यापार संघले गरेका प्रतिबद्धताहरू

१) ई–व्यापार संघसँग सम्बन्धित कम्पनीहरुले कडा सुरक्षा उपायहरू अवलम्बन गरेका छन् साथै स्वास्थ्य सेवा विभागको सहयोगमा अधिकांश दुवानी कर्मचारी लगाई खोप वितरण गरिसकेका छन् ।

२) ई–व्यापार संघका सदस्यहरू र सम्बद्ध डेलिभरी पार्टनरहरू र प्लेटफर्म बिक्रेताहरूलाई परिचयपत्र र एसोसिएसनद्वारा जारी गरिएको पत्रको साथ पहिचान गर्न सकिनेछ ।

३) सामान र सेवाहरुको अनलाइन मूल्य स्पष्ट रूपमा देख्न सकिन्छ र ग्राहकहरुमा सजिलो पहुँचयोग्य छ, जसले सरकारलाई मूल्य वृद्धि वा कृत्रिम अभाव नियन्त्रण गर्न मद्दत गर्दछ ।

४) सामान र सेवाहरू वितरण गर्दा कम्तिमा पनि ग्राहक र वितरणकर्मीहरूबीच दुई मिटर दूरी सुनिश्चित गरिनेछ ।

५) नाम, फोन नम्बर र स्थान सहित ग्राहकको डाटा भण्डारण गरिनेछ । यसले संक्रमित ग्राहक–राइडरको सम्पर्क ट्रेसिङ सहज बनाउँछ ।

६) वितरण भ्यानमा व्यक्तिहरूको संख्या दुई (२) भन्दा बढि हुने छैन र मोटरबाइक–स्कूटरका लागि सामानहरू–सेवाहरू वितरण गर्दा एक (१) भन्दा बढी हुने छैन ।

७) थप रूपमा, कम्पनीहरूले कोभिड १९ को सम्बन्धमा सरकारद्वारा जारी सबै अनिवार्य सुरक्षा प्रोटोकलहरू को पालना गरि रहेका छन् ।

८) डेलिभरी कर्मचारी र ग्राहक बीचको सम्पर्क कम गर्न एशोसिएशनको सदस्य कम्पनीहरूले क्यासलेस लेनदेनलाई प्रोत्साहित गर्दै डिजिटल भुक्तानीलाई जोड दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप