बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुरक्षित ई–कमर्स व्यवसायलाई नरोक्न इबानको माग

मङ्गलबार, २१ वैशाख २०७८, १२ : ३९
मङ्गलबार, २१ वैशाख २०७८

काठमाडौं । अनलाइन विजनेश सपिङ्ग पोर्टल तथा ई–वाणिज्य, होम डेलिभरी प्रदायक कम्पनीहरुको छाता संगठन ई–विजनेश एसोसिएसन नेपाल (इबान) ले निषेधाज्ञाको समयमा पनि सुरक्षित ई–कमर्स व्यवसायलाई नरोक्न सरकारसँग माग गरेको छ । 

पछिल्लो पुस्ताको भरपर्दो र प्रभावकारी अनलाइन सेवा, अन्तर्राष्ट्रिय प्रयोगलाई समेत ध्यानमा राख्दै लकडाउनमा सहज आपूर्तिको उत्तम विकल्पको रुपमा यस्तो सेवालाई निरन्तरता दिन इबानले माग गरेको छ । विविध शंकाको रुपमा होम डेलिभरी सेवामाथि धरपकड नगर्न समेत इबानले माग गरेको छ । 

गत वर्ष लकडाउनका बेलामा विभिन्न बहानामा होम डेलिभरी सेवामा खटिएका कर्मचारीहरूमाथि सुरक्षा निकायले ज्यादती गरेको भन्दै इबानले यसपटक त्यस्तो नगर्न अपिल गरेको छ । त्यसो त इबानले सबै ई–व्यापार र विशेष गरी ई–बाणिज्य र होम डेलिभरी कम्पनीहरुको प्रतिनिधित्वसहित गतसाता उच्च सुरक्षा नीति सुनिश्चित गर्दै समग्र होम डेलिभरी कसरी गर्ने भन्नेबारे योजनासहित कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी), काठमाडौं जिल्ला प्रमुख (सीडीओ) र अन्य मन्त्रालयहरूमा समेत ज्ञापनपत्र बुझाइसकेको छ । 

निषेधाज्ञाको समयमा यस्तो सेवाले मुलुकको अर्थ व्यवस्थालाई चलायमान बनाउन सहयोग पुर्याउनुका साथै आम उपभोक्ताको आवश्यकता सहज परिपूर्तिमा समेत सहयोग पुग्ने इबानले बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप