शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौंमा १ सहित ३ जना मृतावस्थामा फेला

मङ्गलबार, २१ वैशाख २०७८, १३ : ४६
मङ्गलबार, २१ वैशाख २०७८

काठमाडौंका एक सहित विभिन्न स्थानमा तीन जना मृतावस्थामा फेला परेका छन् । काठमाडौंको थापाथलीमा महोत्तरी घर भएका ५९ वर्षीय सीताराम महरा  मृतावस्थामा फेला परेका छन् । 

यसैगरी मनाङको नासों गाउँपालिका-५ थोचेस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका करिब ५२ वर्षीय पुरुष पनि मृत अवस्थामा फेला परेका छन् ।  बैतडीको पाटन नगरपालिका-६ मालिकाखांनस्थित खोल्सामा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष  पनि सोमबार   मृत अवस्थामा फेला परेका छन् । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप