शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्री कंगना रनौतको ट्वीटर अकाउन्ट सस्पेन्ड

मङ्गलबार, २१ वैशाख २०७८, १४ : ०३
मङ्गलबार, २१ वैशाख २०७८

कंगना रनौतको ट्वीटर अकाउन्ट मंगलबार सस्पेन्ड भएको छ । बंगाल चुनाव परिणाममा ममता बनर्जीमाथि गरिएको टिप्पणीपछि कंगनाको ट्वीटर अकाउन्टमा ताला लागेको अनुमान गरिन्छ । कंगनाले ट्वीट गरेर ममता बनर्जीका लागि आपत्तिजनक शब्द प्रयोग गरेकी थिइन् । त्यसपछि नै प्रयोगकर्ताले कंगनालाई तथानाम भनेका थिए । अब कंगनाको ट्वीटर अकाउन्ट आधिकारिक रुपमा नै सस्पेन्ड भएको छ ।

बंगला चुनावको परिणामपछि श्रृङ्खलाबद्ध रुपमा थुप्रै ट्वीट गरेकी थिइन् । उनले तृणमूल कांग्रेस पार्टी (टीएमसी) विरुद्ध बयान दिँदै ममता बनर्जीमाथि टिप्पणी गरेकी थिइन् । कंगनाले एक भिडियो पनि सेयर गरेकी थिइन् जस अनुसार टीएमसी चुनावपछि बिजेपी पार्टीका महिलामाथि कुटपिट गरियो । कंगनाको यी ट्वीटपछि प्रयोगकर्ताले उनलाई भन्न सम्म भनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप