केन्द्रीय संस्करण
राजनीति

प्रधानमन्त्रीलाई घनश्याम भुसालको प्रश्न– भोट हालेपछि हाम्रो  राजनीतिक हत्या गर्ने ?

वैशाख २७ अगावै सामुहिक राजीनामा दिनेबारे छलफल

person explore access_timeबैशाख २१, २०७८ chat_bubble_outline1

काठमाडौं । नेकपा एमालेको झलनाथ–माधव समूहका सांसदबीच सामूहिक राजीनामा दिनेबारे छलफल सुरु भएको छ । प्रधानमन्त्री ओलीले पहिले विश्वासको मत हाल्न लगाएर त्यसपछि कारवाही गर्ने तयारी गरेको सो समूहका नेताहरुको गुनासो छ ।

बालुवाटारमा केपी ओलीको नेतृत्वमा बसेको बैठकले संसदबाट विश्वासको मत लिइसकेपछि माधव नेपाल पक्षका सांसदहरुलाई कारवाही गर्ने रणनीति तयार पारेको बुझिएकाले सामुहिक राजीनामाको विकल्पमाथि छलफल सुरु भएको माधव–झलनाथ समूहका नेता बताउँछन् ।   

पार्टीभित्रको अन्तरकलह यथावत राखेर प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बैशाख २७ गते विश्वासको मत लिने निर्णय लिएका छन् । प्रधानमन्त्री ओली विश्वासको मत लिने निर्णयमा पुग्‍नुमा षडयन्त्रको गन्ध आएको भन्दै आफूहरु सामूहिक राजीनामा दिने विषयमा छलफल भएको नेता घनश्याम भुसालले रातोपाटीलाई बताए ।

के तपाईहरुले सांसद पदबाट सामुहिक राजीनामा दिन लाग्नुभएको हो ? भन्ने रातोपाटीको प्रश्नमा नेता भुसालले यस्तो प्रतिक्रिया दिए–

अस्ति बैशाख १२ गते उहाँहरु बैठक बस्नुभएको थियो । त्यसैदिन हामीमाथि कारवाही गर्ने प्रधानमन्त्रीको योजना थियो । तर, यसरी कारवाही गर्दा संसदमा हाम्रो आफ्नै सिट संख्या कम हुन्छ भनेर त्यहाँ सुवास नेम्वाङले रोकेको सुनियो । त्यसपछि के गर्ने त भन्दा पहिला विश्वासको मत लिने, त्यसपछि कारवाही गर्ने । उहाँहरुको यस्तो निर्णय भएको रहेछ ।

अहिले प्रधानमन्त्रीले अचानक विश्वासको मत लिने प्रस्ताव लिएर आउनुभयो । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिँदै ओलीजीले किन यसो गर्नुभयो त भन्दा यति गरेपछि हामीमाथि कारवाही गर्ने पक्षमा छन् भन्ने हामीले बुझ्यौैं । अहिले विश्वासको मत लिएपछि अरुलाई पनि सरकारमा सहभागी गराउने र हामीलाई कारवाही गर्ने ।

यसो भइसकेपछि त हामीलाई जसरी पनि कारवाही गर्छन्–गर्छन् । एकता नगर्ने, दक्षिणपन्थीहरुसँग मिल्ने, बाहिरका शक्तिहरूसँग मिल्ने, सामन्तहरूसँग मिल्ने र हामीलाई लेखेट्ने । र, हामीलाई कारवाही गर्नका लागि यो ल्याइएको हो भन्ने हामीलाई लागेको छ ।

त्यसैका कारणले गर्दाखेरि राजीनामा गर्नुपर्छ भन्ने एउटा विचार हामीकहाँ आएको छ । दक्षिणपन्थीहरुसँग मिलेर हामीमाथि कारवाहीका लागि उहाँहरुले तयारी गर्नुभएको छ । कारवाही त हामीलाई गर्ने नै छन् ।  बाहिरका शक्तिहरूसँग मिल्ने, पार्टीभित्रका असहमतिहरुलाई दबाउने, जेठ २ मा फर्कौं भन्दा नटेर्ने । यो भनेको एमाले पार्टी विभाजित गर्ने उनीहरुको सुनियोजित तरिका हो । सुनियोजित स्टेपहरु चालेर गएका छन् भनेर हामीले भनेकै छौं ।

त्यसैले हामीले राजीनामा दिनु राम्रो हो भन्ने मत हामीकहाँ आएको छ । पहिले भोट हाल्न लगाएर त्यसपछि हाम्रो राजनीतिक हत्या गर्न खोजेजस्तो देखियो ।    

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. May 4, 2021, 4:14 p.m. Laleek
    कि त पार्टी फुटाएको भए टन्टै साप, नभए पहिला पार्टी जोगाउने, यसको लागि सरकार बचाउने, सहभागी हुने, पार्टीलाई तोकिएको महाधिवेशनमा सम्पन्न गर्ने हो, पार्टीको विचारधारा र सिद्धान्त एउटै हुँदा त्यसैमा प्रतिस्पर्धा गर्ने, आफ्नो दाम बाह्रै टक्का भन्न पाउनु भएन । अन्यथा आगामी दिनमा जनताले धुलो चटाउनेवाला छन् ।
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.