शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

थुप्रै खेलाडीलाई कोरोना संक्रमण भएपछि आइपीएल अनिश्चितकालका लागि स्थगित

मङ्गलबार, २१ वैशाख २०७८, १४ : ३४
मङ्गलबार, २१ वैशाख २०७८

थुप्रै खेलाडीलाई कोरोना संक्रमण भएपछि आइपीएल क्रिकेटको हालको सत्र अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड अर्थात् बीसीसीआईले एक बयानमा आइपीएल र बीसीसीआईका अधिकारीले एक आपतकालीन बैठक गरेर आइपीएलको हालको सत्रलाई तत्कालका लागि स्थागित गर्ने निर्णय लिएको जानकारी दिएको छ ।

आइपीएलका अध्यक्ष बृजेश पटेलले समाचार एजेन्सी पीटीआईसँगको कुराकानीमा बबलभित्र कोरोना संक्रमणका थुप्रै मामिला आएपछि लीगलाई अनिश्चित कालका लागि स्थगित गरिएको छ ।

बीसीसीआईका पूर्व उपाध्यक्ष राजिव शुक्लाले पनि समाचार एजेन्सी एएनआईसँग आइपीएलको हालको सत्र स्थगित गर्ने पुष्टि गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप