शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लमहीमा २५ शैय्याको एचडियू अस्पताल सञ्चालन

मङ्गलबार, २१ वैशाख २०७८, १५ : ०३
मङ्गलबार, २१ वैशाख २०७८

दाङ । लमहीमा कोरोना सङ्क्रमितको उपचारका लागि २५ शैय्याको एचडीयू अस्पताल सञ्चालनमा आएको छ । देउखुरीमा चार स्थानीय पालिकाको लगानीमा अस्पताल सञ्चालनमा आएको र सङ्क्रमितलाई भर्ना गरेर उपचार शुरु भएको अस्पतालले जनाएको छ । 

कोरोना अस्पताल निर्माण गरेर उपचार थालिएको छ, अस्पतालका प्रमुख डा.पुष्प भुसालले भने, “अक्सिजनसहितको अस्पताल तयार भएको हो । यसले कोरोनाका बिरामीको उपचारमा केही सजिलो हुने छ ।” अक्सिजन दिएर उपचार गर्नुपर्ने सङ्क्रमितलाई अस्पतालमा भर्ना गरेर उपचार गरिने लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बताए । पहिलो चरणमा १२ शैय्या तयारी अवस्थामा रहेको र छिटै शैय्या थपेर २५ पुर्याउने उनको भनाइ छ  ।

दाङका सबै पालिकाले कोरोनाका बिरामीको उपचारका लागि अक्सिजनसहितको आइसोलेशन सेन्टर बनाएका छन् । देउखुरीमा चार पालिका मिलेर बनाइएको कोरोना विशेष अस्पताल पनि सञ्चालनमा आएको छ । जिल्लाका दुई उपमहानगरपालिकाले पनि आइसोलेशन सेन्टर तयारी अवस्थामा रहेको जनाएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाले अक्सिजनसहितको ५० शैय्याको आइसोलेशन सेन्टर तयार पारेको छ भने घोराही उपमहानगरपालिकाले पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग समन्वय गरी कोरोना बिरामीका लागि आवश्यक पर्ने शैय्या तयार गर्न शुरु गरेको नगर प्रमुख नरुलाल चौधरीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप