केन्द्रीय संस्करण

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

person explore access_timeबैशाख २१, २०७८ chat_bubble_outline0

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि विभिन्न अस्पतालमा उपचाररत कास्की, पर्वत र म्याग्दीका एक/एक जनाको मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका संक्रमित तीनै जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा विनोदबिन्दु शर्माले जानकारी दिए । 

उनकाअनुसार मंगलबार पोखरा २९ का ४७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनमा बैशाख १८ गते कोेरोना संक्रमण पुष्टि भएको थियो  । त्यस्तै पर्वतको कुश्मा नगरपालिकाका ८४ वर्षीय पुरुषको पर्वत जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनको १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । 

यसैगरी म्याग्दीका एक पुरुषको उपचारका क्रममा पोखराको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ । म्याग्दीको मंगला गाउँपालिका ६ का ७६ वर्षका पुरुषको संक्रमण देखिएपछि उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

उनको यही वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३५ पुगेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.