बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोइला बालेर सुत्दा भक्तपुरमा एक जनाको मृत्यु

मङ्गलबार, २१ वैशाख २०७८, १६ : १५
मङ्गलबार, २१ वैशाख २०७८

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–१० मिलन चोकमा कोइला बालेर सुतेका आमा र दुई छोरीमध्ये एक जनाको मृत्यु भएको छ । काभ्रेको तिमाल गाउँपालिकास्थित गुडुवाल घर भएकी २२ वर्षीय सुनिता तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरकी एसपी तारादेवी थापाले रातोपाटीलाई बताइन् ।

वैशाख १९ मा राती आमा शान्तिमाया ब्लोन तामाङ र उनका छोरीहरु १८ वर्षीया अनिता र सुनितासँगै सुतेका थिए । काभ्रेबाट शान्तिमायाका पति सलामले बारम्बार फोन गर्दा रिसिभ नगरेपछि उनले चिनजानका सोनाम तामाङलाई बुझ्न पठाएका थिए ।

सोनामले झ्याल बन्द गरेको अवस्थामा तिनै जना अचेत रहेको खबर गरेपछि पुगेको प्रहरी टोलीले उनीहरुलाई अस्पताल लगेको थियो । अनिता तामाङले बच्चा जन्माएको हुनाले सेक्नका लागि मकलमा बालेको कोइला ननिभाई सुतेको र निसास्सिए मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

नवजत शिशु परिवारको सहमतिमा भाञ्जा नाता पर्ने सोनामको साथी जेम्स कुसुलेको जेठानलाई उनीहरुले पालन पोषणका लागि जिम्मा लाएका थिए । निसास्सिएर अचेत भएका शान्तिमाया र अनिताको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

मृतकको शव काठमाडौं मेडिकल कलेज दुवाकोटमा राखिएको छ । मृतकको भिसेरा र रगत परीक्षणका लागि विधिविज्ञान प्रयोशालामा नमुना पठाइएको एसपी थापाले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप