शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विश्वभरका उत्कृष्ट १० पीसीटी फाइलर्समा ओपो समावेस

मङ्गलबार, २१ वैशाख २०७८, १६ : ३४
मङ्गलबार, २१ वैशाख २०७८

शन्चन । वर्ल्ड इन्टेलेक्चुअल प्रोपर्टी अर्गनाइजेशन (डब्लुआईपीओ)का अनुसार ओपो लगातार दोस्रो बर्ष अर्थात् सन् २०१९ र २०२०का लागि उत्कृष्ट १० प्याटेन्ट कोअपरेशन ट्रिटी (पीसीटी)मा पर्न सफल भएको छ ।

सन् २०२१ मार्च ३१ सम्ममा ओपोले ६१ हजार प्याटेन्ट्स फाइल गरी सकेको छ र ग्लोबल्ली २६ हजार प्याटेन्टको स्वामित्व कम्पनीको अधिनमा छ । ती मध्ये ८९% प्याटेन्ट एप्लिकेशन वा ५४ हजार यूटिलिटी प्याटेन्टस रहेका छन् । 

ओपो इन्टलेक्च्युअल प्रोपर्टीका वरिष्ठ निर्देशक एड्लर फेंगले भने, ‘विश्व आईपी दिवस, आम मानिसमा आईपी एसेट्स जोगाउन सचेतना जगाउनका लागि एउटा राम्रो अवसर हो । बृहत आईपी पोर्टफोलियोका साथ विकासको द्रुत गतिमा रहेको प्राविधिक कम्पनीका रुपमा  ओपो भविष्यका लागि प्राविधिक अन्वेषण र विकासका निमित्त थप लगानी गर्न प्रतिबद्ध छ ।’

ओपोले आफू सञ्चालनमा रहेका ४० देश तथा क्षेत्रमा बौद्धिक सम्पत्तिको सम्मान तथा रक्षा गर्दै आफ्ना समग्र नयाँ सफलताहरुको समिक्षा गरी २१औँ वर्ल्ड इन्टलेक्च्युअल प्रोपर्टी (आईपी) दिवस मनाएको पनि जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप