बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वरानी कोमलको स्वास्थ्यमा उल्लेख्य सुधार

मङ्गलबार, २१ वैशाख २०७८, २२ : ४६
मङ्गलबार, २१ वैशाख २०७८

राजधानीको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार भइरहेको अस्पतालले जनाएको छ । 

कोरोना संक्रमण भई ११ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी शाहलाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । उनको हाल आइसियूमै राखेर उपचार भइरहेको र स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार भइरहेको अस्पतालले मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । 

नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर विज्ञप्तिमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप