बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कस्तो छ एमाले नेता खनालको स्वास्थ्य अवस्था ?

मङ्गलबार, २१ वैशाख २०७८, १६ : ५१
मङ्गलबार, २१ वैशाख २०७८

एमाले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा सुधार भइरहेको उपचाररत अस्पतालले जनाएको छ । 
पूर्व प्रधानमन्त्री समेत रहेका खनाल थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत छन् । 

खनालमा कोरोना संक्रमण भएपछि शनिवार नर्भिक अस्पतालमा भर्ना भएका थिए । खनाललाई अक्सिजनमा राखेर उपचार जारी राखिएको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप