मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उद्योगहरुलाई अक्सिजन सिलिण्डर फिर्ता गर्न प्रशासनको निर्देशन

मङ्गलबार, २१ वैशाख २०७८, १७ : १५
मङ्गलबार, २१ वैशाख २०७८

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लामा अक्सिजनको अभाव हुन नदिन उद्योग तथा विकास निर्माण कम्पनीहरुलाई तीन दिनभित्र अक्सिजन सिलिण्डरहरु सप्लार्यसमक्ष बुझाउन निर्देशन दिएको छ ।

गृहमन्त्रालयको निर्देशनअनुसार अन्य विकास निर्माण तथा उद्योग व्यवसायमा अक्सिजन आपूर्ति र प्रयोग गर्न रोक लगाई कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै संक्रमितहरुको स्वास्थ्य उपचारमा मात्र अक्सिजनको प्रयोग गर्न दिइएको निर्देशनअनुसार जिल्लामा अन्यत्र प्रयोग भइरहेका अक्सिजन सिलिन्डरहरू तीन दिनभित्र अक्सिजन सप्लायर्स समक्ष फिर्ता गर्न भनिएको छ ।

त्यस्तै मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले संक्रमितहरुको उपचारमा रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी मकवानपुरलाई आवश्यकताअनुसार ब्लड संकलन अभियान सञ्चालन गर्न आग्रह गरेको छ । 

बैठकले राष्ट्रिय जनगणना, २०७८ का सम्पूर्ण गतिविधिहरू स्थगन गर्ने, राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन गर्ने अभियान अर्को निर्णय नभएसम्म रोक लगाउने निर्णय गरेको छ । औद्योगिक प्रतिष्ठानहरूले उद्योगमा कार्यरत मजदूर कर्मचारीहरूलाई स्वास्थ्यका मापदण्डहरू अपनाई, उद्योग परिसरभित्रै वा निश्चित स्थानमा राख्ने तथा जिल्ला प्रशासन कार्यालय, मकवानपुरलाई जानकारी गराई निश्चित सवारी साधन र समयमा कर्मचारीलाई ल्याउने÷पुर्याउने व्यवस्था मिलाएर उद्योग सञ्चालन गर्न निर्देशन दिएको छ । 

त्यस्तै बैंक तथा वित्तिय संस्थाहरूलाई आलोपालो विधिबाट विहान १०ः०० बजेदेखि दिउसो २ः०० बजेसम्म मात्र सञ्चालन गर्ने निर्णय गरेको छ । अत्यावश्यक उपभोग्य वस्तु बिक्री वितरण गर्ने व्यवसायहरु बिहान ५ः०० बजेदेखि विहान ९ः०० बजेसम्म मात्र खोल्न दिने निर्णय गरेको छ ।

स्थानीय तहहरूलाई कोरोना संक्रमण नियन्त्रणमा स्रोत अभाव भएमा संघीय सरकार तथा प्रदेश सरकारसँग समन्वय गर्न भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप