शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

२७ गतेको प्रतिनिधिसभा बैठकको राजनीतिक उद्देश्य राम्रो नरहेको माओवादीको निष्कर्ष

मङ्गलबार, २१ वैशाख २०७८, १७ : १८
मङ्गलबार, २१ वैशाख २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको प्रतिनिधिसभाको विशेष अधिवेशनको उद्देश्य राम्रो नरहेको माओवादी केन्द्रले निष्कर्ष निकालेको छ । मंगलबार पार्टी कार्यालय कोटेश्वरमा बसेको माओवादीको स्थायी समिति बैठकले २७ गतेको प्रतिनिधिसभा बैठकको राजनीतिक आशय र उद्देश्य राम्रो नरहेको निष्कर्ष निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।  

‘चैत २३ भित्र नै प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भनेका थियौं, त्यतिबेला प्रधानमन्त्रीले विश्वासको मत लिन पहल गर्नुभएन । अब केही समयभित्रै संसदको बजेट अधिवेशन बोलाउनुपर्ने बाध्यकारी अवस्था छ । विश्वासको मत लिन छल्ने र विशेष अधिवेशनको नाम दिएर जुन अधिवेशन बोलाइएको छ । प्रमको राजनीतिक आशय र उद्देश्य राम्रो देखिँदैन । यसलाई हाम्रो पार्टीले अरु अरु दलले सचेतता पूर्वक ध्यान दिनुपर्ने आवश्यकता छ’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने । 

बैठकले शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई अवैधानिक रहेको घोषणा गर्ने निर्णय पनि गरेको छ भने विपक्षी दलले मुख्यमन्त्रीलाई बहिस्कार गर्ने लगायतका निर्णयलाई पार्टीले समर्थन गर्ने निर्णय पनि भएको छ । 
यस्तै दुई प्रदेशका प्रदेश प्रमुखलाई हटाउने सरकारको निर्णय संविधान र लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध रहेको ठहर पनि बैठकले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप