शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिले अध्यादेश जारी गरेपछि काँग्रेस आक्रोशित

मङ्गलबार, २१ वैशाख २०७८, २२ : ४३
मङ्गलबार, २१ वैशाख २०७८

काँग्रेसले सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेशको  कडा विरोध गरेको छ । काँग्रेसको पदाधिकारी तथा शीर्ष नेताहरुको मंगलबार बसेको बैठकले राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी विवादास्पद अध्यादेश समेत जारी गरिएको भन्दै कडा विरोध गरेको हो । 
बैठकपछि सहमहामन्त्री डा प्रकाश शरण महतले  राष्ट्रपतिले संविधान र  लोकतन्त्रको खिलाफमा हुने गरेर अध्यादेश जारी गरेको भन्दै आपत्ति जनाए । बैठकले सो अध्यादेश जारी गर्ने निर्णयको भत्सर्ना गरेको  महतले बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नै सात वटा अध्यादेश जारी गरेकी थिइन् । 

 जारी भएका अध्यादेशहरूमा  विवादमा तानिएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पनि समावेश रहेको हो । चौँथो नम्बरमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ समावेश गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप