शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाको त्रासदी : पशुपतिमा देखिएको भयावह दृष्य

मङ्गलबार, २१ वैशाख २०७८, १७ : ५७
मङ्गलबार, २१ वैशाख २०७८

काठमाडौं । पछिल्लो समय कोरोना महामारीले देश आक्रान्त छ ।  कोभिड १९ बाट संक्रमित हुने र ज्यान गुमाउनेको संख्या देशमा दिनहुँ बढ्दैछ । पशुपतिनाथको मन्दिरमा पूजा, आरतीलगायत गतिविधि ठप्प भएपनि यहाँस्थित आर्यघाटमा शवको संख्या दैनिक बढिरहेको छ । कोभिड लागेका व्यक्तिहरुको अन्त्येष्टिका लागि नेपाली सेनाले तयार गरेको शव दहसहित  नन–कोभिड बिरामीहरुको अन्त्येष्टी गरिने शवदाहमा अन्त्येष्टिका लागि पालो कुर्नुपर्ने अवस्था छ । 


कोभिड १९ बाट ज्यान गुमाएका व्यक्तिहरुको अन्त्येष्टि सेनाले नै गरिरहेको छ । परिवारका सदस्यहरुले सामान्य श्रद्धाञ्जली व्यक्त गर्नेबाहेक सबै रीत पु¥याएर अन्त्येष्टी पनि गर्न पाएका छैनन् । शव आउने क्रम बाक्लिएकाले बागमती किनारमा दाहसंस्कार गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

यद्यपि, विद्युतीय शव दाह गृहमा समस्या देखिने गरेकोले पनि बागमती किनारमा शव जलाउन लागिएको कोषको भनाई छ । मंगलबार मात्र कोरोना संक्रमणका कारण देशभर ५५ जनाको मृत्यु भएको छ भने ७६६० जनामा संक्रमण पुष्टि भएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप