मकवानपुरमा थपिए ६५ जना कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा मकवानपुरमा थप ६५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेमा २४ जना महिला र ४१ जना पुरुष रहेको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईंले जानकारी दिए ।
संक्रमण पुष्टि हुनेहरुमा मकवानपुर स्थायी घर भएका ६३ जना रहेका छन् भने रौतहट र बारा जिल्ला निवासी १÷१ जना रहेका छन् ।
कूल ११० जना स्वाब संकलन गरी एन्टिजिन र पिसिआर प्रविधिबाट गरिएको कोरोना परीक्षणमा ६५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकाका ५७ जना रहेका छन् । त्यस्तै थाहा नगरपालिकाका, भीमफेदी गाउँपालिकाका १÷१ जना र मकवानपुरगढी गाउँपालिकाका ४ जना रहेका छन् ।
जनस्वास्थ्य अधिकृत चौलागाईंका अनुसार हेटौँडा उपमहानगरपालिका वडा नम्वर ५ का १८ जना, वडा नम्वर १ र ९ का ६÷६ जना, वडा नम्वर २ का ४ जना, वडा नम्वर ४ का ५ जना, वडा नम्वर ६,१४ र १५ का १/१ जना, वडा नम्वर ८,११ का २÷२ जना, वडा नम्वर १०,१८ को ३÷३ जना र वडा नम्वर १७ को ५ जना रहेका छन् ।
मकवानपुरमा कोरोना संक्रमण दर ५९ प्रतिशत रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर