नेपाल सुपर लिग : काठमाडौँ रेजर्सले बुटवल लुम्बिनी एफसीलाई हरायो
नेपाल सुपर लिगअन्तर्गत आज सम्पन्न खेलमा काठमाडौँ रेजर्सले बुटवल लुम्बिनी एफसीलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा काठमाडौँले बुटवललाई एक शून्य गोलले हराएको हो । हारपछि बुटवलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।
काठमाडौँका लागि निर्णायक गोल विदेशी स्टेफेनको विलोङले गरे । उनले खेलको पाँचौँ मिनेटमा गोल गरेका हुन् । खेलको शुरुआतदेखि नै काठमाडौँले निकै आक्रामक खेल खेलेको थियो । यस्तै खेलको सातौँ मिनेटमा बुटवलले पेनाल्टीको अवसर पाएको थियो । सो अवसरको बुटवलले फाइदा लिन सकेन । खेलको १३ औँ मिनेटमा काठमाडौँले गोलको अवसर पाएको थियो । सो अवसरको सदुपयोग भने हुन सकेन ।
यस्तै खेलको २६ औँ मिनेटमा पनि बुटवलले गोलको अवसरको फाइदा लिन सकेन । खेलको २८औंँ मिनेटमा बुटवलका सुमन लामाले गरेको गोलको प्रयास असफल भयो । मध्यान्तरपछिको खेलको ८६ औंँ मिनेटमा बुटवलका आशिष लामाको प्रहार गोलमा परिणत हुन सकेन । जीतसँगै काठमाडौंँले तीन अंक बटुलेको छ । काठमाडौँको चार खेलमा सात अंक भएको छ । बुटवललाई पछि पार्दै काठमाडौँ लिगको तेस्रो स्थानमा उक्लिएको छ । बुटवल चार खेलमा पाँच अंक जोड्दै लिगको चौथो स्थानमा खुम्चिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी