मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अक्सिजन सिलिन्डर तस्करी गरेको आरोपमा ३ जना पक्राउ

मङ्गलबार, २१ वैशाख २०७८, २२ : ५९
मङ्गलबार, २१ वैशाख २०७८

महोत्तरी ।  अक्सिजन सिलिन्डर तस्कर गरी लैजाँदै गरेको आरोपमा महोत्तरीको सिमावर्ती क्षेत्रबाट ३ जना पक्राउ परेका छन् । धनुषा हुँदै महोत्तरीबाट भारततर्फ अक्सिजन सिलिन्डर तस्करी गरेको आरोपमा धनुषाको जनकपुरधाम उप–महानगरपालिका ७ का ३६ वर्षीय जमरुदिन राईन, जनकपुरधाम २ का ५० बर्षीय दिनेशकुमार शर्मा र महोत्तरीको सोनमा गाउँपालिका ६ का विपिन चौधरी लाई प्रहरीले पक्राउ गरेको हो ।

मंगलबार प्र २–०२–००१ च ०३ १७ नम्बरको गाडीमा २ थान ७÷७ किलो अक्सिजन भरिएका सिलिण्डर भारततर्फ लैजाँदै गर्दा प्रहरीले जलेश्वर नगरपालिका १२ स्थित थरुवाहीबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
सोमबार राति भारततर्फ अक्सिजनको सिलिन्डर लगिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप