शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अष्ट्रेलियाका यी पूर्व क्रिकेटर अपहरणमा परेः कुटपिटपछि रिहा

बुधबार, २२ वैशाख २०७८, ११ : ४९
बुधबार, २२ वैशाख २०७८

अष्ट्रेलियाका पूर्व टेस्ट क्रिकेटर स्टुअर्ट मेक्गिलको अघिल्लो महिना सिड्नीमा उनलाई घरबाटै अपहरण गरिएको र एकघण्टा पनि रिहा गरिएको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जानकारी दिएको छ ।

प्रहरीले यो मामिलामा चारजनालाई पक्राउ गरेको छ ।

न्यू साउथ वेल्स प्रहरीले १४ अप्रिलमा भएको यो अपहरणका पीडितलाई ५० वर्षका व्यक्तिको रुपमा प्रस्तुत गरेको थियो । अष्ट्रेलियाको ब्रोडकास्टिङ कर्पोरेशन र न्यूज कर्पको समाचार पत्रसहित मिडिया रिपोर्टमा पीडितको पहिचान म्याक्गिलको रुपमा गरेको छ ।

मिडियाका अनुसार सिड्नीको उत्तरी हिस्सामा सडकमा एक व्यक्तिले म्याक्गिललाई रोके र त्यसपछि थप दुई व्यक्ति आए र उनीहरुले जबर्जस्ती यी पूर्व क्रिकेटरलाई कारमा हाले ।

मेक्गिललाई कथित रुपमा सिड्नीको दक्षिण पश्चिम हिस्सामा लगियो र कथित रुपमा कुटपिटपछि उनलाई अन्य स्थानमा लगिएको छ र पछि छोडिएको बताइएको छ । रिहा गर्नु अघि मेक्गिललाई हत्या गरिदिने धम्की पनि दिइएको थियो ।

न्यू साउथ वेल्स प्रहरीले विज्ञप्ति जारी गर्दै आफूहरुलाई २० अप्रिलमा एउटा घटनाबारे जानकारी दिइएको जानकारी दिए । प्रहरीले बयानमा लूट र गम्भीर अपराध विभागले त्यसपछि अनुसन्धान गरेको र चार व्यक्तिलाई बुधबार बिहान स्थानीय समयानुसार ६ बजे पक्राउ गरेको बताएको छ । पक्राउ गरिएका व्यक्तिको उमेर २७, २९, ४२ र ४६ हो ।

गिरफ्तार मानिसहरुलाई स्थानीय प्रहरी थाना लगियो र उनीहरुविरुद्ध आरोप लगाइनेछ । गिरफ्तार व्यक्तिको नाम सार्वजनिक गरिएको छैन ।

शेन वार्नका कारण मेक्गिलको करियर प्रभावित रह्यो जो त्यतिबेलाका सर्वश्रेष्ठ स्पिन बलर थिए । पूर्व लेग स्पिनर मेक्गिलले अष्ट्रेलियाको तर्फबाट सन् १९८८ देखि २००८ का बीच ४४ टेस्ट खेले ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप