बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एक युवतीको प्रेममा पागल थिए दुई युवक, विवाह गर्न नपाउँदा गरिदिए हत्या

बुधबार, २२ वैशाख २०७८, १३ : ००
बुधबार, २२ वैशाख २०७८

बेलायतमा पढ्ने एक पाकिस्तानी युवतीको हत्या गरिएको छ । स्थानीय रिपोर्टमा दाबी गरिए अनुसार यी युवतीका दुई प्रेमी थिए जो उनीसँग विवाह गर्न चाहन्थे तर यी महिला यीमध्ये कोहीसँग पनि विवाह गर्न नचाहेको बताइन्छ । २६ वर्षकी मायरा जुल्फिकार आफ्नो लाहौरस्थित अपार्टमेन्टमा मृत पाइएकी छिन् ।

मायराले बेलायतबाट कानून विषय पढेकी थिइन् । उनी दुई महिना अघि मात्रै पाकिस्तानबाट फर्किएकी थिइन् । मायराले मिडिलसेक्स युनिभर्सिटीबाट कानूनको पढाई गरेकी थिइन् र उनले ल फर्म डंकन ब्लेकेटमा जागिर पनि पाएकी थिइन् । उनी लाहौरको डिफेन्स एरियामा आफ्नी एक साथीको अपार्टमेन्टमा भाडामा बसिरहेकी थिइन् ।

इन्डिपेन्डेन्ट उर्दूका अनुसार मायराका काका मोहम्मद नजिरले यो विषयमा एफआइआर दर्ता गराएका छन् र जाहिर जदून र साद अमिर बट्ट नामका दुई युवकमाथि मायराको हत्याको आरोप लगाएका छन् । नजिरको दाबी अनुसार यी दुई युवकले पछिल्ला केही दिनदेखि मायरालाई तनाव दिइरहेका थिए र उनलाई नतिजा भोग्नका लागि चेतावनी पनि दिइरहेका थिए ।

नजिरले मायरालाई यी दुई युवकले अन्य दुई व्यक्तिसँग मिलेर मारेको दाबी गरेका छन् । बट्ट र जाहिर मायरासँग विवाह गर्न चाहन्थे तर यी दुईमध्ये कोही पनि पछि हट्न चाहँदैनथे । यस्तै मायरालाई दुबै युवकमा कुनै रुची थिएन । स्मरण रहोस्, मायरा पाकिस्तानमा दुई महिना अघि विवाहमा सरिक हुन आएकी थिइन् र उनले केही समय पाकिस्तानमा नै बस्ने निर्णय गरेकी थिइन् ।

नजिरले भने, ‘केही समय अघि मेरो भेट मायरासँग भएको थियो र उनले दुई युवकले उनलाई धम्काइरहेको र उत्पीडन गरिरहेको बताएकी थिइन् । ’

मायराको शरीरमा चोटको निशान पनि भेटिएको छ र उनको हत्या घाँटी थिचेर र गोली हानेर गरिएको बताइएको छ । यद्यपि, पोर्टमार्टम रिपोर्ट आउनै बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप