शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फेरि सडकमै खाना...

भोकै मर्न नदिने सरकारको दाबी गफैमा सिमित
बुधबार, २२ वैशाख २०७८, १३ : १०
बुधबार, २२ वैशाख २०७८

कोरोनाभाइरसको दोस्रो लहर सुरु भएसँगै यतिबेला काठमाडौँ उपत्यकाका तीनै जिल्लासहित देशका विभिन्न भागमा निषेधाज्ञा जारी छ । निषेधाज्ञाको ठूलो मारमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर तथा निमुखावर्ग परेका छन् । यसअघि नेपालमा पहिलो पटक लकडाउन लगाउँदा पनि उनीहरु नै सबैभन्दा बढी प्रभावित बनेका थिए । आम्दानीको स्रोत नै गुमेपछि उनीहरुलाई दुई छाकको जोहो गर्नु नै धौधौ परेको थियो । अहिले ठिक त्यही अवस्था दोहोरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोही पनि जनता भोकभोकै मर्नु नदिन सरकार संवेदनशील रहेको पटक–पटक दोहोर्‍याउँदै आए पनि यसरी रोजिरोटी नै गुमेकाहरूका लागि सरकारले अहिलेसम्म पनि केही गरेको पाइँदैन । प्रधानमन्त्रीको दाबी पछिल्लोपटक जस्तै यो पटक पनि गफमै सिमित बनेको छ । बरु, मनकारी संघसंस्थाहरूले बिहान बेलुका उनीहरुको खानाको व्यवस्था गरिरहेका छन् । यतिबेला १०० ग्रुपले टंकेश्वर क्षेत्रमा हरेक दिन मजदूरहरुका लागि खाना बाँड्ने गरेको छ । हेरौँ तस्विर :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप