फेरि सडकमै खाना...
कोरोनाभाइरसको दोस्रो लहर सुरु भएसँगै यतिबेला काठमाडौँ उपत्यकाका तीनै जिल्लासहित देशका विभिन्न भागमा निषेधाज्ञा जारी छ । निषेधाज्ञाको ठूलो मारमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर तथा निमुखावर्ग परेका छन् । यसअघि नेपालमा पहिलो पटक लकडाउन लगाउँदा पनि उनीहरु नै सबैभन्दा बढी प्रभावित बनेका थिए । आम्दानीको स्रोत नै गुमेपछि उनीहरुलाई दुई छाकको जोहो गर्नु नै धौधौ परेको थियो । अहिले ठिक त्यही अवस्था दोहोरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोही पनि जनता भोकभोकै मर्नु नदिन सरकार संवेदनशील रहेको पटक–पटक दोहोर्याउँदै आए पनि यसरी रोजिरोटी नै गुमेकाहरूका लागि सरकारले अहिलेसम्म पनि केही गरेको पाइँदैन । प्रधानमन्त्रीको दाबी पछिल्लोपटक जस्तै यो पटक पनि गफमै सिमित बनेको छ । बरु, मनकारी संघसंस्थाहरूले बिहान बेलुका उनीहरुको खानाको व्यवस्था गरिरहेका छन् । यतिबेला १०० ग्रुपले टंकेश्वर क्षेत्रमा हरेक दिन मजदूरहरुका लागि खाना बाँड्ने गरेको छ । हेरौँ तस्विर :

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
-
पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति
-
१२ बजे १२ समाचार: २५ वटा सेवामा हडताल गर्न निषेधदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
सुशासन र समृद्धिका तगाराहरू
-
कागजी सुशासन र अलपत्र विकास
-
विभेदबाट मुक्ति र सामाजिक न्याय स्थापना गर्न नसक्नु सुशासन र समृद्धिका तगारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण