मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

पश्चिम बंगलामा हिंसा जारी, मृतकको संख्या १७ पुग्यो

बुधबार, २२ वैशाख २०७८, १७ : १४
बुधबार, २२ वैशाख २०७८

पश्चिम बंगालमा विधानसभा चुनावको नतिजा सार्वजनिक भएपछि अघिल्लो आइतबारदेखि जारी हिंसा ज्यूँका त्यूँ छ । पछिल्लो २४ घण्टामा राज्यका विभिन्न इलाकामा थप तीनको मृत्युका साथै मृतकको आँकडा १७ पुगेको छ ।

सरकारी आँकडामा आइतबार रातीदेखि जारी हिंसामा हालसम्म राज्यका विभिन्न हिस्सामा १७ जनाको मृत्यु भएको जानकारी दिइएको छ ।

बिजेपीले यीमध्ये ९ आफ्नो कार्यकर्ता भएको दाबी गरेको छ भने टीएमसीले बिजेपीको हातबाट आफ्ना सातजना मानिसहरुको हत्या गरेको आरोप लगाएको छ । एक व्यक्तिलाई इन्डियन सेक्युलर फ्रन्टका कार्यकर्ता बताइएको छ । यसैबीच राज्यका केही हिस्साबाट तोडफोड र आगजनीको खबर पनि आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप