शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतका लागि कतार एयरवेजको कार्गो विमानले स्वास्थ्य सामग्री पुर्याउँदै

बुधबार, २२ वैशाख २०७८, १९ : १४
बुधबार, २२ वैशाख २०७८

दोहा । कतार एयरवेजको तीन वटा कार्गो विमान भारतका लागि स्वास्थ्य सामग्री लिएर उडेको छ ।

कतार एयरवेज कार्गो बोइङ ७७७ मालवाहक विमान कोभिड–१९ राहत उद्देश्यले विश्व भरिका विभिन्न देशहरूबाट करिब ३०० टन स्वास्थ्य सामग्री बोकी भारतको लागि प्रस्थान गरेका हुन् । ती तीन वटा उडानहरू बेङ्गलोर, मुम्बई र नयाँ दिल्लीको लागि प्रस्थान गरेका हुन् 

यसै सन्दर्भमा कतार एयरवेज समूहका प्रमुख कार्यकारी अधिकृत अकबर अल बेकरले कोभिड–१९ संक्रमणको यो दोश्रो लहरले भारतका व्यक्तिहरूमा परेको प्रभावले सबैलाई स्तब्ध बनाएको बताए । यही परिस्थितिमा भारतका साहसी स्वास्थ्यकर्मीहरूलाई सहयोग पु¥याउने विश्वव्यापी प्रयासमा सहभागी भएको बेकरले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप