कोरोनाबाट बच्न सीजीको फ्रुट तथा भेजिटेबल प्युरिफायर
काठमाडौं । बढ्दो कोरोना भाइरसलाई मध्यनजर गरि हालै सी.जी. ब्रान्डले नेपाली बजारमा फ्रुट तथा भेजिटेबल प्युरिफायर ल्याएको छ । अहिलेको अवस्थामा स्वस्थ रहन हामीले खाने विभिन्न किसिमका तरकारी तथा फलफूललाई प्रशोधित गरि खाना मिल्ने बनाउनलाई सी.जी.ले यो फ्रुट तथा भेजिटेबल प्युरिफायर ल्याएको छ ।
हेर्दा निकै नै आकर्षक देखिने यो प्युरिफायरले खानालाई स्वस्थ त बनाउँने कम्पनीको दावी छ । यो प्युरिफायर १० लि. को क्षमतामा बजारमा पाउनुहुनेछ । यसले तरकारी र फलफुल मात्र नभै समुन्द्री खाना, मासु आदि पनि प्रशोधित गर्दछ । प्युरिफायर भएको हुनाले यसले किचेनको चक्कु, चम्चा, टेबल वेयर, बच्चाको दुध खाने बोतल आदी पनि प्रशोधित गर्दछ ।
यसमा ओजोन डिस इन्फेक्सन टेक्नोलोजि भएको कारण यसले हानिकारक ब्याक्टेरिया, फंगस आदिलाई मारेर खानालाई प्रशोधित गर्दछ । यो प्युरिफायरले खानामा भएको पौष्टिक तत्वहरूलाई भने जस्ताको तेस्तै राख्ने गर्दछ ।
यसमा अटोमेटिक टाइमर, पुस बटनका साथै सजिलै पढ्न मिल्ने डिजिटल डिस्प्ले पनि भएको हुनाले यसलाई सजिलै चलाउन सकिन्छ । कम्पनीले यसको खरिदमा १२ महिनाको वारेन्टीको पनि ब्यवस्था गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै