शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमणबाट झापामा थप ६ जनाको मृत्यु

बुधबार, २२ वैशाख २०७८, २० : ३९
बुधबार, २२ वैशाख २०७८

कोरोना संक्रमणबाट झापामा बुधबार थप ६ जनाको मृत्यु भएको छ । यो संख्या हालसम्म कै उच्च हो । 

बुधबार ४ जना पुरुष र २ जना महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । मृत्यु हुनेहरुमा दमकका २ जना, मेचीनगर, भद्रपुर, बिर्तामोड र कन्काइका १/१ जना रहेका छन । यो सँगै कोरोना संक्रमणबाट झापामा मृत्यु हुनेको संख्या १४२ पुगेको छ । 

झापामा पछिल्लो २४ घण्टामा १९० नयाँ संक्रमित थपिएका छन । बुधबार १०७ जना पुरुष र ८३ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । हाल सम्म झापामा ५ हजार ६ सय जना संक्रमित भएको र ४ हजार ५६० जना डिस्चार्ज भएको स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिए । हाल ८९८ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेको उनले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप