ट्रम्पमाथिको आजीवन प्रतिबन्ध पुनःमूल्यांकन गर्न फेसबुकलाई निर्देशन
बुधबार, २२ वैशाख २०७८, २१ : ११
फेसबुक र इन्स्टाग्राममा डोनाल्ड ट्रम्पको प्रतिबन्धलाई फेसबुकको ओभरसाइट बोर्डले सही ठहर गरेको छ । यद्यपि, फेसबुकको सामान्य कारवाहीको दायराभन्दा टाढा रहेको आजीवन प्रतिबन्धको भने आलोचना गरेको छ ।
बोर्डले फेसबुकलाई आफ्नो निर्णयको पुनः मूल्यांकन गर्न र उक्त कारवाहीबारे जवाफ दिन निर्देशन दिएको छ । गत जनवरीमा क्यापिटल हिलमा भएको हिंसापछि पूर्व राष्ट्रपति ट्रम्पमाथि फेसबुक र इन्सटाग्रामले प्रतिबन्ध लगाएको थियो ।
बोर्डले ट्रम्पमाथि आजीवन प्रतिबन्ध लगाउनुलाई ‘अनिश्चित र मानकविहीन’ करार गर्दै अन्य प्रयोगकर्तालाई लागू हुने नियमजस्तै कारवाही हुनुपर्ने बताएको छ ।
यसबारे जवाफ दिन ६ फेसबुकलाई महिनाको समय दिएको छ । बोर्डले फेसबुकलाई आफ्नो नीतिगत सुधारका लागि सुझावहरु पनि दिएको छ ।
ट्रम्पलाई ट्वीटरले पनि प्रतिबन्ध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै