धनुषा प्रहरीको हिरासतमा रहेका ५ जना बन्दीमा कोरोना संक्रमण
बुधबार, २२ वैशाख २०७८, २१ : १७
जनकपुर । धनुषा प्रहरीको हिरासतमा रहेका पाँच जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा रहेका ५ जना बन्दीमा बुधबार संक्रमण पुष्टि भएको हो ।
हिरासत कक्षमा रहेका ७ जनामध्ये ५ जनामा कोरोना संक्रमण पुष्टि भएको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।
उनले भने, ‘कारागार पठाउनुपर्ने बन्दीमध्येका ७ जनाको स्वाब संकलन गरी प्रादेशिक प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।’
संक्रमितहरु २२ देखि ४० वर्ष उमेर समूहको रहेका उनले बताए । संक्रमित कैदीहरुलाई जिल्ला प्रहरी कार्यालय परिसरमै अलग आइसोलेसन कक्षको व्यवस्था गरिएको प्रहरी उपरीक्षक रानाभाटले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ