राम्दीघाटमा २५ जना भन्दा बढी मलामी जम्मा हुन नपाइने
बुधबार, २२ वैशाख २०७८, २१ : २४
स्याङ्जाको राम्दीघाटमा २५ जनाभन्दा बढी मलामी जम्मा हुन नपाइने भएको छ । राम्दी बजार व्यवस्थापन समितिले राम्दीमा २५ जनाभन्दा बढी मलामी जम्मा हुन नपाउने निर्णय गरेको हो ।
बजार व्यवस्थापन समितिको बैठकले २५ जनाभन्दा बढी मलामी जम्मा हुन नपाउने निर्णय गरेको समितिका सदस्य शिवहरी अमात्यले जानकारी दिए । बैठकले राम्दीमा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्रै शव जलाउन पाइने निर्णय गरिएको उनले बताए ।
राम्दीमा धार्मिक कार्यक्रमहरु पनि पूर्ण रुपमा बन्द गरिएको छ । दिनहुँ संक्रमितको संख्या बढिरहेको भन्दै रोकथामका लागि बजार व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोखिम भत्ता काटेपछि प्रधान सेनापतिको कटाक्ष : बजेट बनाउनेलाई चिया खान पनि नपाउने ठाउँमा लान पाए हुन्थ्यो
-
२६ करोड ६५ लाख कमाउँदै पाँचौँ सातामा ‘महाजात्रा’
-
पूर्व मुख्यसचिव शाक्यको अन्त्येष्टि
-
डोल्पामा हिउँ चितुवाको सङ्ख्यामा उल्लेखनीय वृद्धि
-
इलाम उपचुनावका चुनौती
-
हामीसँग सत्ता उल्ट्याउने क्षमता छ, कमजोर नठान्नू : माधव नेपाल