शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भगवानलाई जल चढाए कोरोना भाग्ने हल्ला फैलिएपछि...

बुधबार, २२ वैशाख २०७८, २१ : ५१
बुधबार, २२ वैशाख २०७८

गुजरातको अहमदाबादस्थित साणंद क्षेत्रमा एउटा अफवाह फैलिएपछि हजारौँको संख्यामा मानिसहरु भेला भएका छन् । यस घटनासँग जोडिएको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा महिलाहरुको ठूलो भिड टाउकोमा पानीको गाग्री बोकेर हिँडिरहेको देख्न सकिन्छ ।

कसैले हिन्दू देवता बलिया देवलाई जल अभिषेक गरे मानिसहरु कोरोनाबाट बच्न सक्ने हल्ला फैलाए पछि निधराड र नवापुरा गाउँका महिलाहरु आफ्नो टाउकोमा पानीको गाग्री बोकेर मन्दिर हिँडेका थिए । अहम्दाबाद ग्रामिणका डेप्युटी एसपी केटी कमरियाका अनुसार चाँगोदार थानेको नवापुरा गाउँ र साणंदको निधराड गाउँबाट ठूलो संख्यामा पानी लिएर बलिया देव मन्दिर पुगेका थिए ।

प्रहरीले यस घटनामा २३ जनालाई पक्राउ गरेको छ । नवापुरा गाउँको सरपञ्चलाई पनि पक्राउ गरिएको छ ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप