मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाल्पामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

बुधबार, २२ वैशाख २०७८, २१ : ५१
बुधबार, २२ वैशाख २०७८

पाल्पाको रम्भा गाउँपलिका–३  स्थित पीपलडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कालिगण्डकी करिडोर जिरोकिलोबाट पिपलडाँडा तर्फ जाँदै गरेको लु३त ६८९९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा बगनासकाली गाउँपालिका–६ घर भएका जिवन न्यौपानेको मृत्यु भएको छ ।

२२ वर्षीय न्यौपानेको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका इन्सपेक्टर लक्ष्मण पचभैयाले रातोपाटीलाई बताए । ट्याक्टर सडकबाट १ सय मिटर तल खसेको छ । दुर्घटनामा परेर रम्भा गाउँपालिका–३ घर भएका ४० वर्षीय हरि बस्याल घाइते भएका छन् ।

बस्यालको पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको इन्सपेक्टर पचभैयाले बताए । ट्याक्टर चालक फरार छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप