बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशी पर्यटकलाई उपत्यका प्रवेश अनुमती दिन गृह मन्त्रालयको निर्देशन

बुधबार, २२ वैशाख २०७८, २२ : १६
बुधबार, २२ वैशाख २०७८

कोभिड–१९ महामारीको जोखिम कम गर्न जारी गरेको निषेधाज्ञाका कारण रोकिएका विदेशीलाई उपत्यका प्रवेश अनुमती दिन गृह मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयले बुधवार सवै प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गरेर स्वदेश फर्कनेको हकमा हवाई टिकट भएका पर्यटकलाई उपत्यका प्रवेशमा सहजीकरण गर्न भनेको छ ।

मन्त्रालयले पासपोर्ट र भिसाका आधारमा नियमअनुसार होटल क्वारेन्टीनमा बस्नेगरी काठमाडौं आउन दिने निर्णय गरेको छ । वैशाख १६ वाट उपत्यका जारी निषेधाज्ञा २९ गतेसम्म थप गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप