निषेधाज्ञामा पनि संक्रमण दर हालसम्मकै उच्च
नेपालमा कोरोना सङ्क्रमण विस्तारमा कमी आउन सकेको छैन ।
राजधानी उपत्यकालगायत धेरै जिल्लामा कोरोना विस्तारको साङ्लो चुँडाल्न निषेधाज्ञा लगाइए पनि सङ्क्रमण दर अझै उच्च छ । गएको २४ घण्टामा आठ हजार ६५९ जना सङ्क्रमित भएका छन् भने ५८ जनाको कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार जानकारी दिएको छ ।
नेपालमा एकै दिन आठ हजार ६५९ जना व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै यो एकै दिनमा सङ्क्रमित हुने सबैभन्दा बढी हो । एक दिनअघि मङ्गलबार सात हजार ६६० जनामा कोरोना सङ्क्रमण भएको थियो । मन्त्रालयले एक महिनाअघि प्रक्षेपण गरेको दैनिक ११ हजारसम्म सङ्क्रमितको सङ्ख्या हुने अनुमान थियो ।
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले २० हजार ७५६ जनाको पीसीआर परीक्षण गर्दा बुधबार आठ हजार ६०५ जनामा कोरोना पुष्टि भएको जानकारी गराए ।
यस्तै ६१६ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । थप सङ्क्रमित सँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६६ हजार ३५२ पुगेको छ । डा. गौतमका अनुसार क्वारेन्टाइनमा ३१८ जना रहेका छन् ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘महाजात्रा’ र डिग्री माइला’ले दर्शक तानिरहेका बेला आउन लागेका तीन फिल्म
-
लाजियोसँग हारे पनि युभेन्ट्स इटालियन कपको फाइनलमा
-
आईक्यूब इलेक्ट्रिक स्कुटरमा लाइफ टाइम ब्याट्री अस्योरेन्स, मूल्य २ लाख ९९ हजार
-
नोट १३ सिरिजका नयाँ वर्ष अफर अझै जारी
-
जलश्रोतको महत्वलाई बुझेर सही सदुपयोग गर्न आवश्यक छ: मन्त्री बस्नेत
-
गोरखा भूकम्पको ९ वर्ष पूरा, जोखिम उस्तै