शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रियललाई हराउँदै चेल्सी फाइनलमा

बिहीबार, २३ वैशाख २०७८, ०७ : २३
बिहीबार, २३ वैशाख २०७८

युरोपेली च्याम्पियन्स लिग फुटबलमा दुई इंलिस क्लब म्यानचेस्टर सिटी र चेल्सीबीच प्रतिस्पर्धा हुने भएको छ । फाइनल पुग्ने क्रममा चेल्सीले गए राति रियल म्याड्रिडलाई २-० ले हरायो । घरेलु मैदानमा चेल्सीबाट टिमो वेर्नरले २८ र मसोन माउन्टले ८५ मिनेटमा गाेल गरे ।

समग्रमा दुई लेगको खेलमा चेल्सी ३-१ ले विजयी भएको हो । यसअघि रियलको घरेलु मैदान सान्टियागो बेर्नाबउमा गत साता सम्पन्न पहिलो लिगमा १-१ गोलको बराबरी भएको थियो । २९ मेइमा टर्कीको इस्तानबुलमा हुने फाइनलमा अब चेल्सीले अर्को इंलिस क्लब म्यानचेस्टर सिटीको सामना गर्नेछ । सेमिफाइनलमा पेरिस सेन्ट जर्माइनलाई ४/१ ले हराएर सिटी पहिलो पटक फाइनल पुगेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप