मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको शव फेला

बिहीबार, २३ वैशाख २०७८, ०७ : ४२
बिहीबार, २३ वैशाख २०७८

न्यू जर्सीबाट हराई रहेका नेपाली विद्यार्थी अजय शाहको शव फेला परेको छ ।  

गत जनवरी महिनादेखि न्यू जर्सीबाट न्यूयोर्कको लागि हिँडेका उनको शव मोरिस काउन्टी अभियोजक कार्यालयले प्राप्त गरेको जनाइएको छ। उक्त समाचार स्थानीय प्याच डटकममा प्रकाशित भएको छ ।

उनी गत जनवरी १८ देखि हराइरहेको उनका दाई शिव शाहले जानकारी गराएका थिए । 

शाह विगत साढे २ वर्षदेखि ड्रु विश्वविद्यालयमा अध्ययनरत थिए । उनका दाजु अमेरिकाको टेक्ससबाट भाइको खोजी गर्न न्यू जर्सी आएका थिए ।

नेपाल घर सिरहा भएका २२ वर्षीय शाहको शव  गत सोमबार ब्रुक लिनको एङ्कोरेज नहरमा फेला परेको जनाइएको छ ।  

अनुसन्धानकर्ताका अनुसार न्यू जर्सीबाट उनी न्यूयोर्कको पेन स्टेसनको लागि हिँडेको खुलासा भएको छ । गत मार्चमा सडक र अन्य स्थानमा जडान भएका क्यामरामा पाइएका प्रमाणबाट उनले ब्रुकलिनको पुलमा आफ्नो साथमा  क्यामरा भिरेको देखिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप