बुटवलको कोरोना विशेष अस्पतालमा अक्सिजनको अभाव
बुटवलको कोरोना विशेष अस्पतालमा अक्सिजनको अभाव भएको छ । विहीबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डाक्टर बिष्णु गौतमले अक्सिजनको अभाव हुन थालेको बताएका हुन् ।
बुधबार साँझ ६० वटा सिलिन्डर झारिएकोमा अब १० वटा मात्रै जडान गर्न बाँकी रहेको बताउँदै त्यसले आज दिउँसोसम्म मात्रै पुग्ने डाक्टर गौतमले बताए । कोरोना बिशेष अस्पतालमा दैनिक १ सय ५ सिलिन्डरले थेग्दै आएकोमा अहिले माग बढेर ५ सय सिलिन्डर पुगेको बताउँदै उनले आपुर्ति कम हुँदै गएको समस्या सुनाए ।
‘सिडिओसावलाई जानकारी गराइएको छ । प्रदेशका स्वास्थ्यमन्त्री ज्यु पनि भर्खरै हुनु भएकोले अलमलको अवस्था छ ,’ डाक्टर गौतमले भने –‘दाङ्गमा एक हप्ताअघि अक्सिजनको अभावमा भयावह स्थित आएको थियो । अब बुटवलमा पनि त्यस्तो स्थिति नआउला भन्न सकिन्न। ’
विरामीहरु बेड अभावमा भुईँमा लडिरहेको दृश्य शब्दमा चित्रण गर्न नसक्ने डाक्टर गौतमले बताए । उनले रकम अभावका कारण बुटवल धागो कारखानाको आइसोलेसनका संक्रमितहरुलाई अस्पतालले खान खुवाउन नसकेर बुधबार सामाजिक संघ संस्थासँग गुहार माग्नु परेको बताए ।
'गत वर्ष अस्पताल आफैले त्यहाँ उपचार गराएका संक्रमितलाई खान खुवाएको थियो । त्यसको बिल भुक्तानी गर्न स्वास्थ्य निर्देशनालयले आनाकानी गरिरहेकोले तिर्न नसकेर यसपाली संक्रमितका परिवारले खुवाउनुस् भन्न बाध्य छौं,’ डाक्टर गौतमले भने ।
उनले रकम ब्यवस्थापन हुन सके अस्पताल भित्रै पनि दैनिक २० वटा सिलिन्डर अक्सिजन उत्पादन गर्न सकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार