बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

महामारीको कहालीलाग्दो समयमा जनतामाथिको धोका क्षम्य हुँदैन : शेखर कोइराला

बिहीबार, २३ वैशाख २०७८, ०९ : ४४
बिहीबार, २३ वैशाख २०७८

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले कमिसनको खेलमा कोरोना भ्याक्सिन रोकिनु जनतामाथि ठुलो धोका भएको बताएका छन् । विहीबार विहान सामाजिक सञ्जालमार्फत उनले महामारीको कहालीलाग्दो समयमा जनतामाथि यति ठुलो धोका भन्दै प्रश्न गरेका हुन् ।

'कमिसन नमिलेकै कारण प्रधानमन्त्री केपी ओली निकट व्यवसायीहरु बिजय दुगड र रिता वैद्यले कोरोना भ्याक्सिन रोकेको भन्ने खबरले लज्जित बनाएको छ। महामारीको कहालिलाग्दो समयमा जनतामाथि यति ठुलो धोका ?,' कोइरालाले लेखेका छन् । 

प्रधानमन्त्रीकै छत्र छायाँमा रहेका व्यवसायीहरुले जनस्वास्थ्यमाथि  गरेको यति ठुलो अपराध र बेइमानी कदापि क्षम्य हुन नसक्ने उनको भनाइ छ । 

कोइरालाले भने, 'पहिलो चरणको महामारीका समयमा ठुलो आर्थिक चलखेल गरी प्रधानमन्त्री निकट ओम्नी समूहलाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिइएको थियो। देश र जनता कोरोना संक्रमणको महामारीमा रहेको समयमा स्वयं प्रधानमन्त्रीकै छत्र छायाँमा रहेका व्यवसायीहरुले जनस्वास्थ्य माथि  गरेको यति ठुलो अपराध र बेइमानी कदापि क्षम्य हुन सक्दैन।'


यसको सबै जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने भन्दै समय आएपछि जनताले यसको हिसाब गर्न उनको चेतावनी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप