मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङ लेटाङका एकै गाउँका १९ जनामा कोराना संक्रमण

बिहीबार, २३ वैशाख २०७८, १० : २२
बिहीबार, २३ वैशाख २०७८

मोरङ लेटाङको फँडानीमा एकै टोलका १९ जना कोराना संक्रमित भएका छन्। 

मोरङ लेटाङ २  फँडानीमास्थित रातेश मार्गमा रहेको बस्तीका मानिस एकै साथ ठूलो संख्यामा संक्रमित हुन पुगेका हुन् ।

वडा अध्यक्ष  तेजप्रसाद तिम्सिनाका अनुसार टोलका प्रत्येक घरका सदस्य संक्रमित भएपछि टोललाई सिल गरी उनीहरुसँगको सम्पर्कमा आएका मानिसको पहिचान गरी कन्ट्र्याक ट्रेसिङ गर्ने र स्बाव संकलन गरी पिसिआर परीक्षणका लागि पठाउने काम भईरहेको बताए ।

वडा अध्यक्ष तिम्सिनाले रातेश मार्गमा एकै परिवारका चार जनासम्म कोराना संक्रमित बनेका छन् । थप धेरैमा पनि कोराना संग मिल्दो जुल्दो लक्षण देखिएकाले आज थप १२ जनालाई पिसिआर परीक्षणका लागि पठाइने भएको छ ।

‘गाउँले धेरैमा पनि कोराना संग मिल्दो जुल्दो लक्षण देखिएको छ’ वडा अध्यक्ष तिम्सिनाले भने,‘शंकास्पद रहेका गाउँलेको स्बाव संकलन गर्ने काम भईरहेको छ ।’ 
 
उनले केही दिनअघि गाउँमा दुई वटा विवाहको कार्यक्रम भएकाले विवाह समारोहमा आएका संक्रमितबाट गाउँमा संक्रमिण फैलिएको हुन सक्ने वडा अध्यक्ष तिम्सिनाले बताए ।

‘गएको बैशाख ११ गते र १७ गते सोही ठाउँमा वैवाहिक कार्यक्रम भएको थियो’ वडा अध्यक्ष तिम्सिनाले भने,‘वैवाहिक कार्यक्रममा सहभागी भएका धेरै गाउँले संक्रमित भएको अबस्था छ।’ 

लेटाङ नगरपालिका स्वास्थ्य शाखाका संयोजक महेन्द्र चौधरीले संक्रमितमध्ये एक जना विराटनगरको नोबेल अस्पतालको कोभिड युनिटमा उपचाररत रहेको र अन्य सबै हाल होम आइसोलेसनमा छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप