बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘हामीले सेवा शुल्क नलिने निर्णय गरिसकेका थियौँ, स्वास्थ्य मन्त्रालयले धन्यवाद पनि दिएको थियो’

आफ्नो कारणले खोप खरिद प्रक्रिया नरोकिएको हुकुमको दाबी
बिहीबार, २३ वैशाख २०७८, १० : ५७
बिहीबार, २३ वैशाख २०७८

अस्फोर्ड एस्ट्राजेनेकाको अनुसन्धान तथा सिरम इन्स्टिच्युटद्वारा उत्पादन गरिएको कोभिसिल्ड खोपको नेपालका लागि आधिकारिक विक्रेता हुकुम डिस्ट्रिब्युसन प्रालिले आफ्नो कारणले भारतबाट आयात हुनुपर्ने खोप नरोकिएको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हवाला दिँदै विभिन्न सञ्चारमाध्यममा नेपालस्थित आधिकारिक बिक्रेताका कारण हुन नसकेको भन्ने समाचार प्रकाशित भएकोमा कम्पनीले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

हालसम्म नेपालमा खरिद भएको खोपमा आफ्नो सहभागिता नरहेको हुकुमले विज्ञप्तिमार्फत जानकारी दिएको छ । सहमति भए बमोजिमको बाँकी १० लाख डोज खोप भारतमा फैलिएको महामारीको अत्यासलाग्दो दोस्रो लहरको मारमा परेको हुकुमको दाबी छ ।

‘२० लाख डोज भ्याक्सिन आयातको सहमति नेपाल सरकार र सिरम इन्स्टिच्युट बीचको सिधा खरिद सम्झौताका आधारमा भएको हो । आधिकारिक बिक्रेता हुनुको नाताले भ्याक्सिन ल्याउन समन्वय गर्ने बाहेक हाम्रो त्यसमा कुनै आधिकारिक सहभागिता छैन । बरु यसमा बुझ्नुपर्ने कुरा के छ भने : यस खरिदमा   सरकारी वार्ता टोली र हाम्रा बीच भएको वार्ताबाट हामीले नियम सम्वतरुपमा पाउनुपर्ने सेवा शुल्क समेत महामारीका बेला नागरिक प्रतिको सामाजिक उत्तरदायित्व महसुस गर्दै नलिने निर्णय गरेको र त्यसबापत् स्वास्थ्य मन्त्रालयले पत्र लेखेरै धन्यवाद ज्ञापन समेत गरेको सबैलाई विनम्र आग्रह गरिन्छ ।’

यस्तो छ विज्ञप्ति

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप